डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो निर्वाचन सम्पादन समिति, दुई तिहाई मत ल्याउनेगरी लाग्ने

हिमाल प्रेस १५ माघ २०८२ ११:०४ | Thursday, January 29, 2026
14
SHARES
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो निर्वाचन सम्पादन समिति, दुई तिहाई मत ल्याउनेगरी लाग्ने डीपी अर्याल।

काठमाडौँ- आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापित डोलप्रसाद अर्यालको नेतृत्वमा संघीय निर्वाचन सम्पादन समिति गठन छ।

रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार आगामी निर्वाचनमा निर्वाचनमा दुई तिहाई मत प्राप्त गरी अब्बल सरकार निर्माण मार्फत् देशको समग्र विकास गर्न भन्दै अर्यालको संयोजकत्वमा समिति बनेको हो। समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ छन्। रास्वपाले प्रदेशस्तरीय समन्वय सचिव र सदस्य समेत विस्तार गरेको छ।

कोशीको सचिवमा उपेन्द्र पाण्डे, मधेश प्रदेश डा. नमिता यादव, बागमतीमा सरिता ज्ञवाली, गण्डकी मा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम, सुदुरपश्चिममा डा कृष्ण भेटुवाल छन्।

प्रकाशित: १५ माघ २०८२ ११:०४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast