सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ आज?

हिमाल प्रेस ८ माघ २०८२ ११:३९
24
SHARES
सुनको भाउ घट्यो, कतिमा कारोबार हुँदैछ आज?

काठमाडौँ– नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँले कम हो । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य बिहीबार २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ थियो ।

१० ग्राम चाँदीको मूल्य बिहीबार ५ हजार ३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १० ग्राम चाँदी ५ हजार ७६ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित: ८ माघ २०८२ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast