सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

हिमाल प्रेस १८ पुष २०८२ ११:०९
16
SHARES
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

काठमाडौँ- पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवैको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र चाँदीको मूल्य रू चार हजार ४१५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: १८ पुष २०८२ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast