सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १६ माघ २०८२ ११:०१
24
SHARES
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुनचाँदीको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ३०० कायम भएको थियो।

यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ९ हजार ३०० त्यति नै चाँदीको मूल्य रु ६ हजार ८७० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १६ माघ २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast