वेदना राईकाे निर्देशनमा मञ्चन हुँदै नाटक ‘ए थिबेउ!’

हिमाल प्रेस ५ माघ २०८२ १२:५८
18
SHARES
वेदना राईकाे निर्देशनमा मञ्चन हुँदै नाटक ‘ए थिबेउ!’

काठमाडौँ- रंगकर्मी वेदना राईकाे निर्देशनमा नाटक ‘ए थिबेउ!’ मञ्चन हुने भएको छ। नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेकाे हाे।

थिएटर टिमले नाटकको एक पोस्टर सार्वजनिक गर्दे मञ्चनको जानकारी दिएका हुन्। पोस्टरअनुसार नाटक यही माघ ७ देखि फागुन ४ सम्म मञ्चन हुनेछ।

नाटकका लेखक गीलु रातोस हुन्। नाटक किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ मा आधारित रहेको लेखक रातोसले बताए। उनका अनुसार नाटकले तिनै पौराणिक चरित्र थिबेको कथा प्रस्तुत गर्नेछ।

पौराणिक कथामार्फत नाटकमा मिथक, संस्कृति र मानवीय सम्बन्धको संयोजन प्रस्तुत गर्ने जमर्को गरेको निर्देशक राईले बताइन्। ‘ए थिबेउ कथामार्फत् हामीले आमा र सन्तानबीचको सम्बन्ध, मानव र प्रकृतिको सम्बन्ध तथा समाज, संस्कृति र विश्वासको प्रतिबिम्ब उजागर गर्ने प्रयास गरेका छाैँ,’ निर्देशक राईले भनिन्।

नाटकमा संगीता थापा, सन्जीव राई, सोहाङ राई थुलुङ, प्रवीण पोखरेल, सन्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, रेनुका घर्ती मगर, चिराग पनेरु, रोश्नी कार्की, रेजिना राई, पूर्णबहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, रेनुका घर्ती मगर, मनिका लामा, डेबिड सुवेदी र युगल श्रेष्ठले अभिनय गरेका छन्।

उमेश सुनाम नाटकका सहायक निर्देशक हुन्। नाटकमा प्रयोग गरिने संगीतमा प्रितम ढकाल र प्रभा राईको स्वर र संगीत रहनेछ। त्यस्तै प्रकाश डिजाइनर संजिप योगी संजिप योगी, लाइट अपरेटरमा प्रेम चन्द पाण्डे, मञ्च प्रवन्धक युगल श्रेष्ठ र डेभिड सुवेदी रहेका छन्।

प्रकाशित: ५ माघ २०८२ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast