निर्वाचनका कारण लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन स्थगित

हिमाल प्रेस १३ माघ २०८२ १५:२१ | Tuesday, January 27, 2026
18
SHARES
निर्वाचनका कारण लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन स्थगित

काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कारण देखाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन स्थगित गरिएको छ।

प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशन स्थगित गरेको जानकारी दिएको हो। निर्वाचन आयोगद्वारा लागू गरिएको आचारसंहितालाई मध्यनजर गर्दै महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख‍ छ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगद्वारा लागू गरिएको आचारसंहिताका कारण फागुन १, २ र ३ गते बर्दिबासमा तय गरिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहाेरा जानकारी गराइन्छ।’

 

प्रकाशित: १३ माघ २०८२ १५:२१ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast