मनोहर कप उपाधि आयोजकलाई, जित्यो १ लाख ७५ हजार

हिमाल प्रेस ३ माघ २०८२ १९:२४
20
SHARES
मनोहर कप उपाधि आयोजकलाई, जित्यो १ लाख ७५ हजार

पोखरा- मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ।

मनोहर क्लबको आयोजनामा पोखरा-१४, मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनलमा पोखरा युनाइटेडलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो। आयोजकले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो।

मनोहरले उपाधिसँगै १ लाख ७५ हजार ५५५ रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  उपविजेता टोलीले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।

सेमिफाइनलसम्म पुग्ने अरु २ टिम नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए। प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए। उनले ८ हजार र ट्रफी हात पारे।

सन्दीप सुनार उत्कृष्ट स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने। उनीहरुले जनही ५ हजार पाए। प्रतियोगितामा १४ टोलीले भाग लिएका थिए।

प्रकाशित: ३ माघ २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast