निर्वाचनको वातावरण बनाउन संसद् पुनर्स्थापनाको मुद्दा टुंग्याउनुपर्छ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १७ पुष २०८२ १८:०५ | Thursday, January 1, 2026
16
SHARES
निर्वाचनको वातावरण बनाउन संसद् पुनर्स्थापनाको मुद्दा टुंग्याउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्वाचनको वातावरण बनाउन अदालतमा रहेको संसद पुनर्स्थापनाको मुद्दा चाँडो टुंगोमा पुर्‍याउन आग्रह गरेका छन्।

बिहीबार विराटनगरमा आयोजना गरिएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचनको वातावरण नबनेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दाले अन्यौल थपेको बताएका हुन्।

उनले निर्वाचन भए पनि मुलुकले राजनीतिक निकास नपाउने अवस्था रहेकाले अन्योलको अवस्था चिर्न र निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूको क्रियाशीलता बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले संसद् पुनर्स्थापना गरी संविधान संसोधन गरेर जेनजीहरूको माग सम्बोधन गर्न सकिने बताए।

कार्यक्रममा प्रेस चौतारी मोरङले स्थापना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ। मुख्यमन्त्री कार्की लगायतले पत्रकार पराजुलीलाई नगद २१ हजार नगद सहित सम्मान पत्र प्रदान गरे।

प्रकाशित: १७ पुष २०८२ १८:०५ | Thursday, January 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast