हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस ८ माघ २०८२ ६:४८ | Thursday, January 22, 2026
12
SHARES
हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण मुख्यमन्त्री हिक्कमत कार्की

काठमाडौँ- निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराउँदा मुख्यमन्त्री कार्की समेत सहभागी भएको समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि आयोगले यस विषयमा चासो देखाएको हो।

आयोगले पठाएको पत्रमा ‘प्रदेश सरकारको मुख्यमन्त्री पदमा बहाल रहेको व्यक्ति प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा सहभागी हुनु निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड/क को उल्लंघन हुने उल्लेख गरिएको छ।

आयोगका कानून अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित उक्त पत्रमा सञ्चारमाध्यममा आएका समाचारमा भनिए जस्तै मनोनयन कार्यक्रममा सहभागी हुनुभएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न’ भनिएको छ।

मुख्यमन्त्री कार्कीलाई यो पत्र प्राप्त भएको मितिले तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

प्रकाशित: ८ माघ २०८२ ६:४८ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast