काठमाडौँ- भारतीय अभिनेता थलापति विजय अभिनीत तमिल फिल्म ‘जन नायगन’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर केभिएन प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
हिन्दीमा फिल्मको नाम ‘जन नेता’ राखिएको छ। एक्सनमा आधारित फिल्मकाे ट्रेलरमा विजय प्रहरीको भूमिकामा देखिएका छन्।
एच विनोदको निर्देशनमा बनेको फिल्म ९ जनवरी अर्थात् यही पुस २५ देखि प्रदर्शन हुनेछ। विजयसहित फिल्ममा बबी देओल, प्रकाश राज, पूजा हेगडे, ममता वैजु, प्रियामणि, नारायणलगायत कलाकारको अभिनय छ।
थलापति विजयको यो अन्तिम फिल्म हो। यसपछि उनी अभिनय यात्रा छाडेर पूर्णकालीन राजनीतिमा होमिँदैछन्। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावमा लड्ने उनको तयारी छ।
यस्ताे छ ट्रेलर
प्रकाशित: २० पुष २०८२ १६:०५
प्रतिक्रिया



