काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो।
हिजो (आइतबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे थोरै घटेर ४.२ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १२ माघ २०८२ ६:४१
प्रतिक्रिया



