काठमाडौँ- कन्नडका अभिनेता यशको जन्मदिनको अवसरमा सिनेमा ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक भएको छ।
२ मिनेट ५१ सकेन्डको टिजरमा यशको परिचयसहित उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनी राय पात्रको भूमिकामा छन्।
फिल्मका लेखक तथा निर्माता यश स्वयं हुन् । फिल्म उनकै प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएसन्सको ब्यानरमा निर्माण भएको हो। भने निर्देशन गीतु मोहनदासले गरेकी छन्।
यशसहित फिल्ममा नयनतारा, हुमा कुरेसी, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी वसन्त, अक्षय ओबराय, सुदेव नायरलगायत कलाकारको अभिनय छ।
फिल्म आगामी मार्च १९ अर्थात चैत ५ मा विश्वभर प्रदर्शन हुनेछ। कन्नडसहित फिल्म हिन्दी, मल्यालम, तमिल, तेलुगु र अंग्रजीसहित ६ भाषामा प्रदर्शन हुनेछ।
प्रकाशित: २४ पुष २०८२ १४:२२
प्रतिक्रिया



