टीसीएल ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानको दोस्रो चरणको विजेता घोषणा

हिमाल प्रेस १ माघ २०८२ २०:१६ | Thursday, January 15, 2026
2
SHARE
टीसीएल ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानको दोस्रो चरणको विजेता घोषणा

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले सञ्चालन गरिरहेको ‘नेपालको शान, मुम्बईको मैदान’ योजनाअन्तर्गत दोस्रो चरणको विजेताको नाम सार्वजनिक गरेको छ।

यो अभियानअन्तर्गत पोखराका टेकनाथ भण्डारी दोस्रो चरणको विजेता चयन भएका हुन्। उनले पोखरास्थित ‘मोडर्न डिजिटल इलेक्ट्रोनिक्स’ बाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।

भण्डारीले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा टी–२० विश्वकपअन्तर्गत नेपालको खेल हेर्न पाउनेछन्।

टीसीएल नेपालका अनुसार विजेताले चार रात पाँच दिनको मुम्बई भ्रमण, आउने जाने हवाई टिकट र होटल बसाइको व्यवस्था, म्याच टिकट र भ्रमणका अन्य सम्पूर्ण खर्चहरू कम्पनीले बेहोर्ने छ।

कम्पनीले क्रिकेट यात्राको अवसरका साथै विभिन्न उपकरणहरूको खरिदमा अन्य योजनाहरू पनि ल्याएको छ। कम्पनीले जनाएअनुसार वासिङ मेसिन खरिद गर्दा ३ केजी ‘एरियल डिटर्जेन्ट’ र निः शुल्क जडान सुविधान, एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको व्यवस्था, ४३ इन्च वा सोभन्दा माथिका टीभी खरिदमा नेटटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिपस्नका साथै नागरिकताको आधारमा सहज ईएमआई सुविधा र पुराना सामानसँग नयाँ साट्न सकिनेलगायतका योजना रहेका छन्।

प्रकाशित: १ माघ २०८२ २०:१६ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast