सुर्खेत : कोइला बाली सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन जना बेहोस्

हिमाल प्रेस १७ पुष २०८२ १७:१८
20
SHARES
सुर्खेत : कोइला बाली सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन जना बेहोस् प्रतिनिधिमूलक तस्बिर।

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-१२, बिरुवाबारीस्थित एक कोठामा कोइला बाली सुतेका एकै परिवारका चार सदस्यमध्ये ३८ दिनकी एक शिशुको मृत्यु भएको छ। अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन्।

सुर्खेत भेरीगंगा नगरपालिका-२ घर भई हाल बिरुवाबारीमा मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएकी ३२ वर्षीया तारा बुढा, उनकी भदैनी १३ वर्षीया संगम बुढा, छोरा १० वर्षका प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा राति कोइला बाली सुतेका थिए। आज (बिहीबार) बिहान पौने १० बजेसम्म नउठेपछि घरबेटीले बोलाउँदा बालक प्रकाश बुढाले ढोका खोलेका थिए।

ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने बालक प्रकाश बुढा सामान्य अवस्थामा रहेका थिए। चारै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएकोमा उपचारकै क्रममा ३८ दिनकी शिशु प्रतिक्षा बुढाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। बेहोस अवस्थामा रहेका अन्य तीन जनाको उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेर शिशुको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ पुष २०८२ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast