नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

हिमाल प्रेस १८ पुष २०८२ १०:१३
12
SHARES
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्। नाडाको अध्यक्षको पदमा उनको मात्रै उम्मेदवारी परेको थियो।

स्पेयर पार्ट्स व्यवसायी उप्रेती यसअघि नाडाको महासचिव रहिसकेका छन्। उनी सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्।

नाडाको केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन पुस २५ गते तय गरिएको थियो। प्रदेश सदस्यमा ७ जनाको र साधारण सदस्यमा १७ जनाको उम्मेदवारी परेको थियो।

उम्मेदवारीहरू निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन र पर्यवेक्षणमा जाँच, छानबिन भई सर्वसम्मत रुपमा कार्यकारिणी समिति निर्वाचित भएको नाडाले जनाएको छ।

प्रकाशित: १८ पुष २०८२ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast