सुरेन्द्र बस्नेतले भने : झापा ५ बाट रन्जितलाई उठाउनू, मैले दाबी छाडे

हिमाल प्रेस २९ पुष २०८२ ९:१९ | Tuesday, January 13, 2026
40
SHARES
सुरेन्द्र बस्नेतले भने : झापा ५ बाट रन्जितलाई उठाउनू, मैले दाबी छाडे

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी नेकपाले देशभरबाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने उम्मेदवारको नाम मिलाउँदैछ। यसपटक एक्लै भिड्ने योजना बनाएको नेकपाले १६५ क्षेत्रमै उम्मेदवार उठाउने प्रयत्न गरेको छ। यही मध्ये देशभरबाट सबैभन्दा बढी चासो रहने झापा क्षेत्र नम्बरमा नेकपाले कसलाई उठाउला हेर्न बाँकी छ।

यसअघि नेकपा कमिटी झापाले यहाँबाट रन्जित तामाङ, सुरेन्द्र बस्नेतसहितको नाम पठाएको थियो। उनीहरूमध्ये को उम्मेदवार बन्ला भन्ने कौतुहला थियो। तर नेकपा नेता सुरेन्द्र बस्नेतले यसपटक रन्जित तामाङलाई उम्मेदवार बनाउन अपिल गरेका छन्।

उनले साामाजिक सन्जालमा लेखेका छन्,’झापा क्षेत्र नं ५ का लागि नेपाली कम्युनिस्ट पार्टीवाट प्रिय कमरेड रञ्जित तामाङ् र म सहितको नाम शिफारिस भएको थियो। हामी दुवै त्यहिका स्थायी वासिन्दा हौं।शिफारिसका लागि झापा जिल्ला पार्टीलाई विशेष धन्यवाद दिन चाहन्छु। यसविचमा हामीले पार्टी नेतृत्व एवम् स्वयं रञ्जितजी र म वसेर गम्भीरतापुर्व छलफल गर्यौं।हामी युवाहरुले यतिवेला इतिहासले सोधेका यक्ष प्रश्नहरुको जवाफ दिनुछ।’  बस्नेतले तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउन अनुरोध गरेका छन्।

उनीहरू दुवै तत्कालीन माओवादीका नेता हुन्। विद्यार्थी संगठनबाट मूलधारमा आएका दुई मध्ये रन्जित अखिल क्रान्तिकारीको अध्यक्ष बने भने सुरेन्द्र उपाध्यक्षसम्म बने। उनीहरू दुवै एकै क्षेत्रका भएकाले पनि प्रतिस्पर्धा नेताका रूपमा हेरिएको थियो। तर सुरेन्द्रले छाडे पछि रन्जितलाई सहज भएको छ। झापा ५ मा हेभिवेट नेताको क्षेत्र हो।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा ५ का स्वाभाविक उम्मेदवार हुन्। यही क्षेत्रमा यसपटक काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समेत उठ्ने तयारी गरेका छन्। रास्वपाले भाबी प्रधानमन्त्रीको उम्मेदवार तोकेका बालेन पनि झापा ५ मा त्रिपक्षीय भिडन्त हुने पक्का छ।

प्रकाशित: २९ पुष २०८२ ९:१९ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast