इटहरी– राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्।
अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन्।
खुलातर्फ कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने आगामी पुस २७ गते गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २३ पुष २०८२ १६:३९
प्रतिक्रिया



