काठमाडौँ- सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। आज (मंगलबार) पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेट वार्ता भएको हो। ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्न आतुर भएको बताए। अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे।
काठमाडौँको चुनदेवी निवासी अग्रवाल लामो समयदेखि सेयर कारोबामा आवद्ध छन् ।अग्रवाल जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन्।
प्रकाशित: ३० पुष २०८२ ९:१७ | Wednesday, January 14, 2026
प्रतिक्रिया





