विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले निधिमाथि दुर्व्यवहार गरेका होइनन् : सचिवालय

हिमाल प्रेस २३ पुष २०८२ १२:५३
20
SHARES
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले निधिमाथि दुर्व्यवहार गरेका होइनन् : सचिवालय

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पार्टीका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय सानेपाको परिसरमा मंगलबार भएको अपमानजनक क्रियाकलापको घोर भर्त्सना गरेको छ।

सचिवालय सदस्य मनाेजमणि आचार्यले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा दोस्रो विशेष महाधिवेशन पक्षधरहरूको संलग्नता रहेको भनी गलत प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

सचिवालयका अनुसार घटना हुनु अगावै दिउँसो ११:३५ बजे नै पार्टी कार्यालयमा आफ्नो कुनै कार्यक्रम नरहेको स्पष्ट पारिसकिएको थियो।

त्यसपछि पनि निरन्तर रूपमा गलत सूचना प्रसार भएको भन्दै सचिवालयले सो घटनासँग आफ्नो कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ। साथै आगामी दिनमा समेत कुनै किसिमको हुलहुज्जत, अवाञ्छित गतिविधि वा प्रदर्शन गर्ने कार्यक्रम नरहेको जानकारी गराइएको छ।

विज्ञप्तिमा पार्टीभित्र गलत आरोप र भ्रम फैलाउने प्रयास नगर्न आग्रह गर्दै सम्पूर्णलाई यथार्थ बुझ्न अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast