अफगानिस्तानमा हिमपात, ६१ जनाको मृत्यु

हिमाल प्रेस १० माघ २०८२ २१:१८ | Saturday, January 24, 2026
28
SHARES
अफगानिस्तानमा हिमपात, ६१ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानमा भएको हिमपातमा परी कम्तिमा ६१ जनाको मृत्यु भएको छ।

विगत तीन दिनदेखि देशका विभिन्न भागमा भएको भारी हिमपात र वर्षाका कारण कम्तिमा ६१ जनाको मृत्यु भएको अफगानिस्तानको विपद् व्यवस्थापन निकायले जनाएको छ।

हिमपहिरोका कारण सयभन्दा बढी मानिस घाइते भएका छन् भने चार सयभन्दा बढी घरहरू ध्वस्त भएको बताइएको छ। अधिकारीहरूका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

भारी हिमपातका कारण सडकहरू बन्द भएका छन्। हिमपातका कारण अफगानिस्तानका बामियान, परवान, बल्ख र मैदान वरदकलगायतका प्रान्तहरू प्रभावित भएका छन्।

प्रकाशित: १० माघ २०८२ २१:१८ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast