स्मारिका ढकालको डेब्यु फिल्मको कमाइ ६३ लाख नाघ्यो

हिमाल प्रेस २८ पुष २०८२ ११:४५ | Monday, January 12, 2026
22
SHARES
स्मारिका ढकालको डेब्यु फिल्मको कमाइ ६३ लाख नाघ्यो

काठमाडौँ- स्मारिका ढकालको डेब्यु फिल्म ‘मुगलान’ पुस १० देखि हलमा प्रदर्शन भइरहेको छ। यसैबीच चलचित्र विकास बोर्डले सोमबार हलमा प्रदर्शनरत फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

विवरणअनुसार फिल्मले ६३ लाख १९ हजार ४४ रुपैयाँ कमाएको विवरणमा उल्लेख छ। जसअनुसार फिल्मको २४ सय टिकट बिक्री भएको छ।

स्मारिकासहित फिल्ममा प्रभात पाल रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्क बहादुर पुन ९खबपु०, श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्ममा राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथामा २०५२ सालपछिको सरकार र तत्कालीन बिद्रोही पक्ष परिवेश बनाइएको छ।

प्रभात र स्मारिका सहित फिल्ममा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्क बहादुर पुन ९खबपु०, श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको छ। रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गोमन सिंह हुन्।

प्रकाशित: २८ पुष २०८२ ११:४५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast