‘फेक रेस्क्यू’को आरोपमा तीन ट्राभल एजेन्सीका ६ जना पक्राउ

हिमाल प्रेस ११ माघ २०८२ १९:०८ | Sunday, January 25, 2026
32
SHARES
‘फेक रेस्क्यू’को आरोपमा तीन ट्राभल एजेन्सीका ६ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यू’ (नक्कली उद्धार) मा संलग्न भएको आरोपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको छ।

सीआईबीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो।

पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन्।

उनीहरूले एउटै नियमित वा चार्टर्डबाट पाँच जनासम्म ल्याई फरक-फरक उद्धार गरेका बताएर करौडौँको बीमा दाबी गरेको देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए।

त्यस्तै एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक-फरक समयमा उद्धार गरेको भन्दै फाइदा उठाएको देखिएको उनले बताए। ‘फेक रेस्क्यू’मा संलग्नमध्ये बीमा कम्पनीमा दाबी गर्नेहरूलाई अहिले कारबाहीको दायरामा ल्याइएको जानकारी दिँदै केसीले यसमा अन्य धेरै संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको उल्लेख गरे।

उनले ‘फेक रेस्क्यू’का कारण आर्थिक लाभ मात्रै भन्दा पनि नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधासमेत बन्द हुन सक्ने अवस्था आउने उल्लेख गरे।

पक्राउ परेकाविरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०८२ १९:०८ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast