महोत्सवमा आफू लखेटिएको अफवाहपछि गायिका ज्योतिको यस्तो स्पष्टीकरण

हिमाल प्रेस ३० पुष २०८२ ११:५० | Wednesday, January 14, 2026
40
SHARES
महोत्सवमा आफू लखेटिएको अफवाहपछि गायिका ज्योतिको यस्तो स्पष्टीकरण

काठमाडौँ- गायिका ज्योति मगरले कपिलवस्तुकाे चन्द्रौटा महोत्सवमा आफू लखेटिएको भन्ने भ्रम फैलाएको बताएकी छिन्। उनले उक्त दिनमा आफू दाङको घोराहीमा प्रस्तुति दिइरहेको बताउँदै उक्त विषयमा गलत समाचार बाहिरिएको स्पष्टीकरण दिएकी हुन्।

पुस २८ गते भएकाे चन्द्रौटा महोत्सवमा आफू नभएर र्‍यापर जिबबले प्रस्तुति दिइरहेको उनले खुलाएकी छन्।  सामाजिक सञ्जालमा ज्याेतिले छाेटाे लुगा लगाएकाे कारण उनलाई लखेटेकाे भन्ने भ्रामक प्रचार भइरहेकाे थियाे।

यसरी दर्शकलाई भ्रम छर्ने कार्य गर्नेहरूलाई उनले हार्दिक श्रद्धाञ्जलीसमेत भनेकी छन्।

महोत्सवमा जिबबले प्रस्तुति दिइरहँदा साउन्ट सिस्टम बिग्रिएपछि दर्शक आक्रोशित भएर केही तोडफोड भएको आयोजकले बताएको छ। सोही क्रममा नै स्टेजमा दर्शकले ढुंगा प्रहार गर्नुका साथै कार्यक्रमको ब्यानरसमेत च्यातिदिएको बताइएको छ। यही भिडियो अहिले ज्योति मगरको प्रस्तुतिसँग जोडेर भाइरल बनाइएको भनिएको छ। यसै विषयमा गायिका ज्योतिले आक्रोश पोखेकी हुन्।

प्रकाशित: ३० पुष २०८२ ११:५० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast