शान्त माविलाई भलिबल प्रतियोगितामा दोहोरो उपाधि

हिमाल प्रेस २४ पुष २०८२ २०:२८
28
SHARES
शान्त माविलाई भलिबल प्रतियोगितामा दोहोरो उपाधि

पोखरा– शान्त मावि, पोखराले सातौँ सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा यसपालि पनि दोहोरो उपाधि जितेको छ। पाँचौँमा छात्रातर्फ उपाधि जितेको शान्तले गत संस्करणमा पनि दोहोरो उपाधि जितेको थियो।

बिहीबार फाइनलमा छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय, हेमजा र छात्रातर्फ कन्या मावि, नदीपुरलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो।

विजेताले छात्र तथा छात्रा दुवैतर्फ १ लाख र उपविजेताले ६० हजार रूपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन्।

छात्रतर्फ माछापुच्छ्रे मावि, सार्दीखोला र छात्रातर्फ कालिका मावि, रामबजार तेस्रो भए। उनीहरुले ३५ हजार नगद पाए।

वेस्ट प्लेयरमा शान्तकै अपेक्षा सुनार र समीर विक घोषित हुँदै जनही ५ हजार पाए।

शान्तकै दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक बने। साथै, विधागत उत्कृष्टलाई पनि भलिबल प्रदान गरिएको पूर्वअध्यक्ष मीनप्रसाद भट्टराईले बताए।

छात्रातर्फ वेस्ट स्पाइकर सञ्जिता फगामी (कन्या), वेस्ट ब्लकर सृजना दर्जी (कालिका), वेस्ट सर्भर पृथ्वी गाहा (शान्त), वेस्ट सेटर सृजना श्रेष्ठ (शान्त), वेस्ट डिफेन्डर स्मारिका राना (कालिका मावि) घोषित भएका हुन्।

छात्रतर्फ वेस्ट स्पाइकर रिजन विक (गौरीशंकर), वेस्ट ब्लकर निश्चल विक (शान्त), वेस्ट सर्भर रोशन विक (गौरीशंकर), वेस्ट सेटर रोहन तामाङ (माछापुच्छ्रे ) र वेस्ट डिफेन्डर ईश्वर तामाङ (माछापुच्छ्रे) घोषित भए।

सृजना विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा कक्षा १२ सम्मका छात्रछात्राले भाग लिएका थिए। जसमा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिम सहभागी रहेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए। विजयीलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पुरस्कार वितरण गरे।

कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा जिल्ला भलिबल संघ, कास्कीको प्राविधिक सहयोगमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको हो।

प्रकाशित: २४ पुष २०८२ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast