गगनलाई शंकरले भने : देश जलेको बेला उत्सव मनाउन नसक्दा हामी ‘दास’!

हिमाल प्रेस २८ पुष २०८२ १०:२३
54
SHARES
गगनलाई शंकरले भने : देश जलेको बेला उत्सव मनाउन नसक्दा हामी ‘दास’!

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने बताएका छन्। उनले ती व्यक्तिहरू दासजस्ता लागे पनि आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन्।

आइतबार कांग्रेसका महामन्त्री गगन थापाले एमालेप्रति इंगित गर्दै कांग्रेस लास र दासहरूको पार्टी नभएको बताएका थिए । त्यसैको जबाफस्वरूप पोखरेलले आफूहरू स्पार्टाकस हुन सक्ने बताएका छन्।

गगन थापाको यही भनाइको जवाफ सामाजिक सञ्जाल फेसबुकमार्फत फर्काउँदै नेता पोखरेलले लेखेका छन्, ‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस-जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशीला निर्माण गर्नेछन् ।’

विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको भन्दै उनले त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस भएको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र भनेर उनले प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो ।’

 

प्रकाशित: २८ पुष २०८२ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast