शंकर पोखरेल दाङ २ बाटै निर्वाचन लड्ने पक्का

हिमाल प्रेस ५ माघ २०८२ ७:०० | Monday, January 19, 2026
6
SHARES
शंकर पोखरेल दाङ २ बाटै निर्वाचन लड्ने पक्का

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने पक्का भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेललाई उम्मेदवार बनाएको औपचारिक पत्र दिएका हुन्।

यसअघि एमालेले दाङ–२ बाट महासचिव पोखरेलको नाम एकल सिफारिस गरेको थियो। यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो।

२०७९ सालको निर्वाचनमा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए। शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत पाएका थिए।

प्रकाशित: ५ माघ २०८२ ७:०० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast