‘मिरमिरे’ मा दयाहाङकी छोरी बनेकी शाइसा गौचन

हिमाल प्रेस २९ पुष २०८२ ११:२४ | Tuesday, January 13, 2026
16
SHARES
‘मिरमिरे’ मा दयाहाङकी छोरी बनेकी शाइसा गौचन

काठमाडौँ- फिल्म ‘मिरमिरे’ को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन्। जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन्। उनी फिल्ममा दयाहाङकी छोरीको भूमिकामा छिन्।

दयाहाङको छोरी बनेकी बाल कलाकार हुन्, शाइसा गौचन। उनलाई सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा देख्न सकिन्छ।

ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय दर्शकले मन पराइरहेका छन्। पोखराकी शाइसाको ‘मिरमिरे’ डेब्यु फिल्म भने होइन। यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ मा छोटो भूमिकामा काम गरेकी थिइन् ।

‘यसअघिका फिल्ममा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले मिरमिरेमा काम गर्न सहज भयो,’ मिरेमिरेका लेखक तथा निर्देशक यमले भने, ‘दयाहाङ दाइसँग यसअघि नै घुलमिल नभएको भए सायद सुरुसुरुमा काम गर्न कठिन हुने थियो।’

निर्देशक यमले शाइसाको काम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए। बच्चासँगै सबै उमेर समूहका दर्शकले शाइसाको काम दर्शकले मन पराउने यमको विश्वास छ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ देखि प्रदर्शन हुँदैछ। यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतले अभिनय गरेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता फिल्मका सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन्।

प्रकाशित: २९ पुष २०८२ ११:२४ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast