झापामा सात जनालाई एमबीबीएस पढ्ने अवसर

हिमाल प्रेस १४ माघ २०८२ १७:४२ | Wednesday, January 28, 2026
16
SHARES
झापामा सात जनालाई एमबीबीएस पढ्ने अवसर

झापा- सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड-९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ।

मेचीनगरस्थित बीएण्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र संकायअन्तर्गत स्नातक (एमबीबीएस) निःशुल्क पढ्न पाउने उनी पहिलो छात्रा छन्। उनले महिला कोटामा खुल्ला प्रतिस्पर्धा गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन्।

ऋतिका मात्र होइन, झापाका सातजना विद्यार्थीले यतिबेला गृहजिल्लामै एमबीबीएस पढ्ने अवसर पाएका छन्। बीएण्डसी मेडिकल कलेजमा पहिलो ब्याचमा ५० जना विद्यार्थी भर्ना भएका छन्। जसमा जिल्लाका ऋतिका र देवांशु पोखरेल, चिजन कोइराला, राजेन्द्र मैनाली, निशा उप्रेती, अञ्जली शाह र आदित्य थापा रहेका छन्। सन्तानलाई आफ्नै आँखा अगाडि डाक्टरी शिक्षा पढाउन पाउँदा अभिभावक पनि खुसी छन्।

एक दशकको प्रतीक्षापछि झापामा मेडिकल कलेज सञ्चालनको पहल भएको बल्ल पठनपाठन सुरु भएको हो। २०८१ पुस २५ गतेदेखि एमबीबीएसको कक्षा सुरु भएको थियो। २०६८ माघ १४ गते सरकारबाट आशयपत्र पाएको यस संस्थाले लामो कानुनी अड्चन खेप्नुपरेको थियो।

अन्ततः सर्वोच्च अदालतले २०८० चैत १२ गते र पुनः २०८१ जेठ २५ गते परमादेश जारी गरेपछि यस कलेजले सम्बन्धन र विद्यार्थी कोटा पाएको हो। कलेजका प्राचार्य प्रा डा उमेश शर्माका अनुसार पूर्वाधार र गुणस्तरका आधारमा यो कलेज मुलुककै उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने लक्ष्यमा छ। रासस

प्रकाशित: १४ माघ २०८२ १७:४२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast