धरानमा स्कुल बस दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

हिमाल प्रेस ४ माघ २०८२ १७:५८ | Sunday, January 18, 2026
42
SHARES
धरानमा स्कुल बस दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

इटहरी- धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी चन्द्र खड्काका अनुसार ब्रेक फेल भई घरको सटरमा बस जोतिएर दुर्घटना भएको हो। दुर्घटनामा दुर्घटनामा तीन जना पुरुष र दुई महिला (आमा र बच्चा हुन सक्ने) मृत्यु भएको खड्काले जानकारी दिए।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन। घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।

जनकपुरबाट आएको उक्त बस स्कुलको रहे पनि बसमा भने विद्यार्थी सवार नरहेको उनले बताए। ‘बस स्कुलको भन्ने भए पनि विद्यार्थी सवार छैनन् भन्ने प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘दुर्घटनामा स्कुटर पनि सवार रहेको र स्कुटरलाई जोगाउने क्रममा दुर्घटना भएकोजस्तो देखिन्छ।’

उनका अनुसार मेडिकल पसलको सटरमा बस जोतिँदा पाँच जनाको मृत्यु भए पनि उनीहरू बसमा सवार हुन् वा स्थानीय हुन् भन्नेबारे खुलेको छैन।

प्रकाशित: ४ माघ २०८२ १७:५८ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast