सामाजिक सञ्जालमा ‘राहतलाई स्थायी बनाइने’ हल्ला, राहत शिक्षकको नाममा आर्थिक संकलन, समितिले भन्यो- नफस्नुस्

हिमाल प्रेस २९ पुष २०८२ ११:२५
90
SHARES
सामाजिक सञ्जालमा ‘राहतलाई स्थायी बनाइने’ हल्ला, राहत शिक्षकको नाममा आर्थिक संकलन, समितिले भन्यो- नफस्नुस्

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा मन्त्रालयमा भएको स्थायी शिक्षक दरबन्दी समायोजनसम्बन्धी छलफललाई लिएर पछिल्ला दिनमा सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले राहत शिक्षकलाई दरबन्दीमा लैजाँदा ठूलो संख्यामा जागिर जाने खतरा रहेको भन्दै भ्रमपूर्ण सूचना सम्प्रेषण गरिरहेको बताएको छ। ती सूचनाको आडमा समस्या समाधानका नाममा राहत शिक्षकबाट आर्थिक संकलनसमेत भइरहेको भन्ने जानकारी प्राप्त भएपछि समितिले आफ्नो धारणा सार्वजनिक गरेको हो।

विज्ञप्तिमा राहत शिक्षकलाई दरबन्दीमा लैजाने विषयमा हाल फैलाइएका भ्रममा नपर्न तथा यस नाममा भइरहेको आर्थिक संकलनमा सहभागी नहुन सबै राहत शिक्षकलाई हार्दिक अपिल गरिएको छ। समितिले अहिलेको राजनीतिक अवस्था जटिल रहेको उल्लेख गर्दै राजनीतिक निकास नआएसम्म संगठनलाई सुदृढ बनाउँदै सबै राहत शिक्षकलाई गोलबद्ध गर्ने कार्यमा लाग्न आग्रह गरेको छ।

समितिले आगामी निर्वाचनपछि सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनको प्रक्रिया अघि बढ्ने विषयमा सबै जानकार रहेको भन्दै सामाजिक सञ्जालमार्फत फैलाइएका अफवाह र दुष्प्रचारबाट सचेत रहन अनुरोध गरेको छ।

त्यसैगरी, नेपाल राहत शिक्षक केन्द्रीय समितिविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइँदै आएको अफवाह र अनर्गल प्रचारप्रति पनि सजग रहन समितिले आग्रह गरेको छ।

समितिले राहत शिक्षकहरूको एकता र विश्वासलाई अक्षुण्ण राख्दै पेसागत सुरक्षा, न्याय तथा हकहितको पक्षमा निरन्तर प्रतिबद्ध र समर्पित रहेको स्पष्ट पारेको छ।

प्रकाशित: २९ पुष २०८२ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast