रास्वपाले खुलायो प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेद्वार आवेदन, इच्छुकले पुस २६ सम्म पेस गर्न सक्ने

हिमाल प्रेस २३ पुष २०८२ ८:०१
16
SHARES
रास्वपाले खुलायो प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेद्वार आवेदन, इच्छुकले पुस २६ सम्म पेस गर्न सक्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन चाहनेहरुका लागि आवेदन दिने समय २६ गतेसम्म खुला रहने भएको छ ।

पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई उम्मेदवार छनोट रूपरेखा बमोजिम आवेदन दिन रास्वपाले आग्रह गरेको छ ।

उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने उक्त पार्टीले जनाएको छ । आवेदन शुल्क २५ हजार तय भएको छ ।

योग्यता पुगेका पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ निम्न कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत् ([email protected]) उम्मेदवार छनोट समितिमा पेश गर्नुपर्ने पनि रास्वपाले जनाएको छ ।

निम्न

क. सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र

ख. सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र

• उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने/नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्नेछ ।

प्रकाशित: २३ पुष २०८२ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast