प्रमाण नपुगेपछि रास्वपा उम्मेदवार थापाको मनोनयन सदर

हिमाल प्रेस ८ माघ २०८२ १९:१५ | Thursday, January 22, 2026
68
SHARES
प्रमाण नपुगेपछि रास्वपा उम्मेदवार थापाको मनोनयन सदर

इटहरी– सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालविक्रम थापाविरुद्ध दर्ता भएको उजुरी प्रमाण नपुगेको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।

मनोनयन दर्तापछि परेको उजुरीमाथि बिहीबार सुनुवाइ गर्दै दाबी पुष्टि हुने आधार नदेखिएको निष्कर्ष निकालिएको सुनसरी क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी दिए।

उजुरी खारेज भएसँगै थापाको उम्मेदवारी कायम गरिएको र प्रथम नामावलीसमेत प्रकाशन गरिएको उनले बताए। ‘उजुरी खारेज भएसँगै उम्मेदवार कायम रह्यो,’ लम्सालले भने।

थापाविरुद्ध प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा थापाविरूद्ध उजुरी दर्ता गराएका थिए। उजुरीमा थापाले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको तथा लेखा परीक्षण प्रतिवेदनले पनि बक्यौता देखाएको दाबी गरिएको थियो।

प्रकाशित: ८ माघ २०८२ १९:१५ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast