रास्वपासँग मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन : घनश्याम भुसाल

हिमाल प्रेस १७ माघ २०८२ ६:३४ | Saturday, January 31, 2026
22
SHARES
रास्वपासँग मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन : घनश्याम भुसाल

काठमाडौँ- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीमाझ उनले सो दाबी गरेका हुन्। कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताए।

उनले नयाँ राजनीतिक दलहरुलाई नालायक भएकाले यसबाट पनि जनताले कुनैपनि खालको अपेक्षा गर्ने अवस्था नभएको जिकिर गरे। कार्यवाहक अध्यक्ष भुसालले पुरा दलहरुले दलाल पुँजीवादीहरुको सेवा गरेकाले त्यसका विरुद्ध जेनजी आन्दोलन भएको समेत बताए।

प्रकाशित: १७ माघ २०८२ ६:३४ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast