निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न रास्वपाले बोलायो बैठक, अनिवार्य उपस्थितिका लागि अनुरोध

हिमाल प्रेस ३ माघ २०८२ ८:२०
10
SHARES
निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न रास्वपाले बोलायो बैठक, अनिवार्य उपस्थितिका लागि अनुरोध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुनेछ। साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

 

प्रकाशित: ३ माघ २०८२ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast