गणतन्त्र र संघीयताले नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति छ : डा. प्रकाशचन्द्र लोहनी

हिमाल प्रेस ११ माघ २०८२ ७:११ | Sunday, January 25, 2026
18
SHARES
गणतन्त्र र संघीयताले नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति छ : डा. प्रकाशचन्द्र लोहनी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले गणतन्त्र र संघीयताले नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थितिमा पुगको बताएका छन्। उनले यही कारण पनि  नेपाली युवाको मनमा आक्रोश पैदा भएको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको जेन–जी आन्दोलन वर्तमान शासन व्यवस्थाका कारण नै भएको बताए।

गणतन्त्र र संघीयताका कारण नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति सिर्जना भएको बताए। उनले देशमा संवैधानिक राजसंस्था आवश्यक छ भन्ने एउटै पार्टी राप्रपा भएको बताए । उनले नेपालको पहिचान भनेकै वैदिक सत्य सनातन हिन्दु राष्ट्र रहेको र त्यसको मुद्दा राप्रपाले मात्रै बोकेर हिँडेको बताए।

 

प्रकाशित: ११ माघ २०८२ ७:११ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast