सुनचाँदीको मूल्यमा रेकर्ड

हिमाल प्रेस २९ पुष २०८२ ११:४७
12
SHARES
सुनचाँदीको मूल्यमा रेकर्ड

काठमाडौँ- सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो। अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो।

प्रकाशित: २९ पुष २०८२ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast