राष्ट्रियसभा बैठक माघ ४ मा आह्वान गर्न सिफारिस

हिमाल प्रेस २८ पुष २०८२ १५:१९ | Monday, January 12, 2026
26
SHARES
राष्ट्रियसभा बैठक माघ ४ मा आह्वान गर्न सिफारिस फाइल तस्बिर।

काठमाडौँ- सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ भने मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए।

त्यसै गरी बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ भने गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ।

प्रकाशित: २८ पुष २०८२ १५:१९ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast