म्यादी प्रहरीका लागि पुनः दरखास्त आह्वान

हिमाल प्रेस ११ माघ २०८२ ७:०६
10
SHARES
म्यादी प्रहरीका लागि पुनः दरखास्त आह्वान फाइल तस्बिर।

तनहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकामा तनहुँमा एक हजार ४३३ जनाको निवेदन परेको थियो ।

कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचपश्चात् एक हजार २३६ जना उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेकामा एक हजार २१६ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कार्यालयले सूचना जारी गरी निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको छ । कार्यालयले यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त लिएकामा पुनः आजसम्म निवेदन दिनसक्ने व्यवस्था गरेको हो ।

प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु र इलाका प्रहरी कार्यालय बन्दीपुरमा निवेदन दिन सकिनेछ । पुनः आवेदन माग गरिएकामा शनिबार एक सय ९२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष छन् ।

 

प्रकाशित: ११ माघ २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast