मधेशमा मनाइयो प्रदेश नामकरण दिवस

हिमाल प्रेस ३ माघ २०८२ १७:०१
14
SHARES
मधेशमा मनाइयो प्रदेश नामकरण दिवस

जनकपुरधाम- प्रदेशको नाम तोकिएको अवसरमा मधेश प्रदेशसभाले नामकरण दिवस मनाएको छ।

प्रदेश नामकरण भएको पाँच वर्षपछि प्रदेशसभाले पहिलोपटक नामकरण दिवस मनाएको हो। पाँच वर्षअघि प्रदेशसभा बैठकले प्रदेशको नाम ‘मधेश प्रदेश’ राखेको थियो।

प्रदेश सभामुख रामअशिष यादवको अध्यक्षता तथा प्रदेशको पहिलो सभामुखसमेत रहेका पूर्वमुख्यमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेशसभा परिसरमा वृक्षारोपण गरी नामकरण दिवस मनाइएको हो।

प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू उपस्थित रहेको कार्यक्रममा एक दर्जनभन्दा बढी आँपका विरुवा रोपिएको छ।

वातावरण संरक्षणसँगै प्रदेश नामकरणको ऐतिहासिक निर्णयको सम्झना गर्ने उद्देश्यले वृक्षारोपण गरिएको सभामुख यादवले बताए।

उनले भने,‘प्रदेश नामकरणको चार वर्षसम्म कुनै नामकरण हुन सकेन। पहिचान, गणतन्त्र र संघीयतालाई संस्थागत गर्न मधेश प्रदेशको ठूलो भूमिका रहेकाले यसपालि वातावरण संरक्षणको उद्देश्यले वृक्षारोपण गरेका छौँ। आगामी वर्षदेखि नामकरण दिवसलाई उत्सवको रूपमा मनाउने छौँ।’

२०७८ माघ ३ गते प्रदेशसभा बैठकबाट प्रदेशको नामकरण ‘मधेश प्रदेश’ गरिएको थियो।

तत्कालीन सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका थिए।

प्रस्तावको पक्षमा जसपाका ३९, माओवादीका ८ र लोसपाका १६ गरी ६३ सांसद रहेका थिए। एक सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो।

प्रकाशित: ३ माघ २०८२ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast