काठमाडौँ- भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणविरुद्ध काठमाडौँमा मसाल जुलुस निकालिएको छ। सोमबार अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको हो ।
उनीहरुले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहा गर्न समेत माग गरेका छन्। गत शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि लागुआषैध तस्करीको आरोप लगाउँदै निवासबाटै आफ्नो नियन्त्रणमा लिएको थियो।
मादुरालाई नियन्त्रणमा लिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: २२ पुष २०८२ ६:४६
प्रतिक्रिया



