काठमाडौँ- अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्धमा विद्यार्थीहरूले काठमाडौँस्थित अमेरिकी दूतावास नजिकै प्रदर्शन गरेका छन्।
आइतबार संयुक्त विद्यार्थी संगठनले भेनेजुएलामाथि अमेरिकाको हस्तक्षेपविरुद्ध अमेरिकी दूतावास नजिकै प्रदर्शन गरेका हुन्। प्रदर्शन गर्दै दूतावासको अगाडि जान खोज्दा विद्यार्थीहरूलाई प्रहरीले रोकेको थियो ।
उनीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर, भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
साथै विद्यार्थीहरूले स्वतन्त्र राष्ट्रमाथि अन्य कुनै पनि राष्ट्रले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाएका छन्।
प्रकाशित: २० पुष २०८२ १८:३५
प्रतिक्रिया



