जितु नेपालको फिल्ममा जोडिए प्रियंका कार्की र वर्षा राउत

हिमाल प्रेस २९ पुष २०८२ १४:५२
18
SHARES
जितु नेपालको फिल्ममा जोडिए प्रियंका कार्की र वर्षा राउत

काठमाडौँ- कलाकार जितु नेपाल ‘मुन्द्रे’ को लगानीमा बन्ने फिल्म ‘आइएम जीतबहादुर’ मा अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउत अनुबन्धित भएका छन्। जितुले सामाजिक सञ्जालमार्फत दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेको जानकारी दिएका हुन्।

‘आइएम जितबहादुरमा आबद्ध हुनुभएकोमा वर्षा राउतज्यू र प्रियंका कार्कीज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई सहर्ष स्वीकार गरी सहयोग गर्नु भएकोमा मनदेखि नै आभारी छु। छक्कापञ्जापछि फेरि सँगै काम गर्ने अवसर प्राप्त भएकोमा म अत्यन्त उत्साहित र हर्षित छु’, उनले लेखेका छन्।

यसअघि जितुले प्रियंका र वर्षासँग ‘छक्कापञ्जा’का शृंखलामा काम गरेका थिए। फिल्म भारतीय नागरिक सुवेन्दु घोषले निर्देशन गर्नेछन्। फिल्मको कथा पनि उनले नै लेखेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast