प्रधानाध्यापकको भत्ता बढ्यो, तहअनुसार फरक

हिमाल प्रेस २९ पुष २०८२ १२:३३ | Tuesday, January 13, 2026
2.3k
SHARES
प्रधानाध्यापकको भत्ता बढ्यो, तहअनुसार फरक

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) का भत्ता वृद्धि गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका स्रोतका अनुसार विद्यालयको तहअनुसार भत्ता बढाइएको हो। भत्ता बढाउनका लागि शिक्षा मन्त्रालयले पहल गरेको थियो।

अर्थ मन्त्रालय स्रोतले हिमालप्रेसलाई दिएको जानकारी अनुसार प्राविधिक विद्यालय (प्रावि) का प्रधानाध्यापकलाई रु. १,०००, निम्न माध्यमिक विद्यालय (निमावि) का प्रधानाध्यापकलाई रु. २,००० र माध्यमिक विद्यालय (मावि) का प्रधानाध्यापकलाई रु. ३,००० भत्ता दिइने सहमति भएको छ।

आर्थिक व्यवस्थापन र बजेट अनुकूलताका आधारमा अर्थ मन्त्रालयले यो निर्णय अनुमोदन गरेको बताइएको छ। स्रोतले भनेका छन्,‘यो कदम प्रधानाध्यापकको प्रोत्साहन र विद्यालय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले उठाइएको हो।’

प्रकाशित: २९ पुष २०८२ १२:३३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast