प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच भेटवार्ता

हिमाल प्रेस १४ माघ २०८२ १८:१४ | Wednesday, January 28, 2026
20
SHARES
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच भेटवार्ता तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे।

साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले पनि असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको तर अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किँदै चुनावमा होमिएको बताइन्।

नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिइन्। प्रधानमन्त्री कार्कीसँग राजदूत मियोसको यो पहिलो भेट हो।

प्रकाशित: १४ माघ २०८२ १८:१४ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast