परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतका राज्यसत्ताबाट बेइमानी भयो : उपेन्द्र यादव

हिमाल प्रेस १६ माघ २०८२ १४:३८
8
SHARES
परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतका राज्यसत्ताबाट बेइमानी भयो : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट बेइमानी भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा निर्वाचन सप्तरी क्षेत्र नम्बर ३ का उम्मेवारको रूपमा चुनावी अभियानमा रहेका यादवले विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन केवल सत्ताका लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यका लागि हुने बताए।

उनले देश र जनताको चाहनाअनुसार संविधान संशोधन वा पुनर्लेखन गरेर नयाँ पुस्ताको भविष्य सुरक्षित हुनुपर्ने उल्लेख गरे।

‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय। राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानकोे अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ,’ उनले भने,‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन गरेर देशलाई निकास दिनपर्छ।’

अध्यक्ष यादवले संघीयता र नयाँ पुस्ताको परिवर्तनको मागविरूद्ध कुनै सम्झौता नहुने बताए।

प्रकाशित: १६ माघ २०८२ १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast