नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ हुने राष्ट्रपतिको विश्वास

हिमाल प्रेस ५ माघ २०८२ ६:३३ | Monday, January 19, 2026
2
SHARE
नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् ।

उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यस्तो कामना गरेका हुन्। उनले भने, ‘तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित: ५ माघ २०८२ ६:३३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast