कांग्रेस विशेष महाधिवेशन बन्दसत्र तयारी पूरा, प्रतिनिधिहरू भित्रिन थाले

हिमाल प्रेस २८ पुष २०८२ ११:४९ | Monday, January 12, 2026
24
SHARES
कांग्रेस विशेष महाधिवेशन बन्दसत्र तयारी पूरा, प्रतिनिधिहरू भित्रिन थाले

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। बन्दसत्रका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ।

भृकुटीमण्डपस्थित हलभित्र बन्दसत्रका लागि कुर्सी तथा मञ्चको आवश्यक तयारी पूरा गरिएको छ। बन्दसत्रको प्रारम्भमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने कार्यतालिका रहेको छ। त्यसपछि नौ वटा समूह गठन गरी चार प्रमुख विषयमा नीतिगत छलफल गरिनेछ।

बन्दसत्रमा विधान संशोधन, नीति तथा नेतृत्व, समसामयिक विषयमाथि बृहत् छलफल हुने कार्यसूची रहेको छ। नीतिगत छलफलपछि पार्टी नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा समेत विचार विमर्श हुनेछ।

नेतृत्व परिवर्तन गर्ने निर्णय भए निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने महाधिवेशन आयोजक समितिका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।

यसैबीच महाधिवेशन प्रतिनिधिहरूको दर्ता कार्यक्रम जारी छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उनीहरूलाई दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।

प्रकाशित: २८ पुष २०८२ ११:४९ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast