फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गर्ने सम्भावना टुंगिएसँगै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाको टिकट बाँड्न थालेका छन्।
संयोजक प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले बागमती प्रदेशबाट पुरुषतर्फ सिन्धुपाल्चोकका प्रेम सापकोटा ‘राजेन्द्र’लाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएका हुन्।
उम्मेदवार सिफारिस पत्र बुधबार बिहानै प्रचण्डले सापकोटालाई हस्तान्तरण गरेका थिए। त्यसपछि उम्मेदवारी दर्ताका लागि उनलाई हेटौंडा पठाइएको छ।
राष्ट्रियसभाका १८ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन माघ ११ गते हुने तय भएको छ।
प्रकाशित: २३ पुष २०८२ ११:००
प्रतिक्रिया



