काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेट अविस्मरणीय रहेको बताएका छन्।
अभिनेता दत्त बिहीबार (हिजाे) काठमाडौँ आएका थिए। उनी काठमाडौँमा खोलिएको बादशाह क्यासिनो उद्घाटन कार्यक्रमका लागि नेपाल आएका हुन्।
सोही अवसरमा दत्तले प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरे। आज (शुक्रबार) सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै प्रचण्डले उनीसँगको भेट अविस्मरणीय भएको बताएका हुन्।
प्रचण्डले लेखेका छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविस्मरणीय रह्यो। ‘मुन्ना भाइ एमबीबीएस’ मा उहाँको अभिनयको म सधैँ प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ, उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ।’
प्रकाशित: २५ पुष २०८२ १३:२७
प्रतिक्रिया



