काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको घरमा चोरी भएको आशंकामा अनुसन्धान थालिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार बालेनको घरको झ्यालको ग्रिल फोरिएको कारण चोरी भएको आशंका छ। अहिले बालेन र उनकी पत्नी नै घर बाहिर छन्। घरमा कोही नभएका बेला चोरी भएको आशंका गरिएको छ।
प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता बालेन हाल चुनावी अभियानका क्रममा देशको पश्चिमी क्षेत्रमा छन् भने उनकी पत्नी सबिना पनि पतिको निर्वाचन क्षेत्र झापा(५ मा छिन्।
प्रकाशित: १७ माघ २०८२ १३:०८ | Saturday, January 31, 2026
प्रतिक्रिया




